मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
![](https://eujyalopost.com/ujyal0p0stnew5/wp-content/uploads/2020/07/Ministry.jpg)
काठमाडौ,असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । पार्टीमा राजीनामाको माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाउनु भएको हो । प्रधानमन्त्रीले दुई दिनयता मन्त्रीहरुसँग पार्टीको आन्तरिक विवादबारे छलफल र परामर्श गरिरहनु भएको छ ।