दशौं राष्ट्रिय खेलकुद : ताप्लेजुङबाट ब्याटमिन्टनमा ७ पुरुष र ५ महिला खेलाडी छनौट
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ३० । जिल्ला ब्याटमिन्टन संघ ताप्लेजुङले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुषतर्फ ७ र महिलातर्फ ५ खेलाडी छनौट गरेको छ ।
जिल्ला ब्याटमिन्टन संघ ताप्लेजुङका अध्यक्ष सुरेश सिंघकका अनुसार छनौट प्रतियोगितामार्फत उत्कृष्ट ठहरिएका खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट गरी जिल्ला खेलकुद विकास समिति समक्ष सिफारिस गरिएको हो । सिफारिसमा पर्नु भएका पुरुष ब्याटमिन्टन खेलाडीहरुमा मिलिन गुरुङ,आशिष बिष्ट,मिसेकहाङ चोङवाङ,रुद्रबहादुर गुरुङ,करण लिम्बू,लक्ष्मण घतानी र रुपेश श्रेष्ठ रहनु भएको छ ।
महिला खेलाडीहरु भावनादेवी केदेम,भावना चुँडाल,मिङ्माडोमा शेर्पा,रेश्मा गुरुङ र रेखा मादेन छनौट हुनु भएको जिल्ला ब्याटमिन्टन संघले जनाएको छ । टिम प्रशिक्षकमा सरोज लिम्बू र टिम म्यानेजरमा रामकुमार गुरुङ रहनु भएको समेत जिल्ला ब्याटमिन्टन संघले जनाएको छ । मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ ।