तीनमहिनामा पाथीभरामा आए साढे २० हजार तीर्थालु,३३ लाख बढी भेटी संकलन
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ३१ । चालु आर्थिक बर्षको तीन महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा २० हजार ५ सय २२ जनाले मन्दिरको दर्शन गरेका छन् ।
चालु आवको तीन महिनाको अवधिमा ३३ लाख २६ हजार ६ सय ५० रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन महिनामा २ हजार ४६९ जना,भदौमा ६ हजार १ सय २३ जना र असोज महिनामा ११ हजार ९ सय ३० जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।
कार्यकारी निर्देशक हाङवाङका अनुसार साउन महिनामा ३ लाख १८ हजार ५०० रुपैयाँ,भदौमा १३ लाख ६७ हजार रुपैयाँ र असोजमा १६ लाख ४१ हजार १५० रुपैयाँ भेटि संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको तीर्थयात्री विवरण र संकलित भेटी विवरण सार्वजनिक गर्दै आइरहेको छ ।