६९ वर्षीया अशक्त महिलालाई जबरजस्ति करणी गरेको अभियोगका अभियुक्त पुर्पक्षका लागि कारागार चलान
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ७ । शारीरिक रूपमा अक्षम ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका २९ वर्षे एक युवकलाई ताप्लेजुङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको छ ।
जिल्ला न्यायाधीश विकास श्रेष्ठको इजलासले यसअघि इलाका प्रहरी कार्यालय तेल्लोकले पक्राउ गरेका बिनोद सार्कीलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको ताप्लेजुङ जिल्ला अदालतले जनाएको छ । बिनोदमाथि डर,त्रास देखाएर धम्की समेत दिइ अशक्त र वृद्धालाई जबरजस्ती करणी गरेको अभियोग रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार बिनोदलाई प्रहरीले बैशाख १ गते पक्राउ गरेको थियो ।