सासुभत्ता बितरणका लागि घुम्ति शिविर सञ्चालन गर्दै पाथीभरा याङवरक र मेरिङदेन
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ७ । ताप्लेजुङको पाथीभरा याङवरक र मेरिङदेन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बितरणका लागि वडागत रुपमा घुम्ति सेवा शिविर सञ्चालन गर्ने भएका छन् ।
पाथीभरा याङवरक गाउँपालिकाले बैशाख ११ गते देखि सामाजिक सुरक्षा भत्ताका साथ ६० बर्ष माथिका नागरिकको सामान्य स्वास्थ्य परीक्षण गर्ने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजनाथ पोखरेलका अनुसार बैशाख ११ गते शुक्रवार वडा नं १ नाङखोल्याङमा,बैशाख १४ गते सोमवार वडा नं ३ तिरिङ्गेमा,बैशाख १५ गते मंगलवार वडा नं ४ डुम्रिसेमा,१६ गते बुधवार वडा नं ५ चाक्सिबोटेमा र १७ गते बिहीबार वडा नं ६ थुम्बेदिनमा शिविर सञ्चालन हुने छ ।
उता,मेरिङदेन गाउँपालिकाले बैशाख १० गते बिहीबार वडा नं १ थिङलाबुमा,११ गते शुक्रवार वडा नं ३ खाम्लुङमा,१४ गते सोमवार वडा नं ४ लिङतेपमा,१५ गते मंगलवार वडा नं ५ थुकिमामा,१६ गते बुधवार वडा नं ६ नाल्बुमा र १७ गते बिहीबार वडा नं २ सान्थाक्रामा सामाजिक सुरक्षा भत्ता बितरण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवले जानकारी दिनुभयो ।