|

ताप्लेजुङ प्रहरीद्धारा नागरिक सुनुवाई सम्पन्न

ताप्लेजुङ,मंसिर ११ । आफुले प्रदान गर्ने सेवाको बिद्यमान अवस्था र सरोकारवालाको राय लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सोमवार फुङलिङमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

सो क्रममा नागरिकले उठाएका बिभिन्न सवालबारे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक कमलकुमार लुङ्गेली सहित इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक कोमल ठाकुर र इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर खत्रीले जवाफ दिनु भएको थियो ।

ट्राफिक व्यवस्थापनका बिषयमा उठेका जिज्ञासाको समाधान जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(प्रहरी सहायक निरीक्षक)दीपक न्यौपानेले दिनु भएको थियो । कार्यक्रममा राजनीतिक दल,संघसंस्थाका प्रतिनिधि,सञ्चारकर्मी र स्थानीय नागरिकको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Similar Posts