ताप्लेजुङमा मंसिर ११ बाट अण्डर यु–१६ पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ स्थित साङ्कदेछ्योलिङ गोन्पा बिद्यालयले आफ्नो १४ औं बार्षिक उत्सवका अवसरमा बिद्यालय स्तरीय अण्डर यु–१६ पुरुष तथा महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

बिद्यालयका प्रधानाध्यापक पासाङरिता शेर्पाका अनुसार मंसिर ११ गते शुक्रवारबाट प्रतियोगिता सञ्चालन हुने छ ।

बिद्यालयको खेल मैदानमा सञ्चालन हुने महिला र पुरुष फुटबल प्रतियोगिताका बिजेताले समान ३५ हजार ८३ र उपबिजेताले २५ हजार ८३ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । प्रतियोगिताका लागि प्रवेश शुल्क १ हजार रुपैयाँ राखिएको समेत बिद्यालयले जनाएको छ ।

 

Similar Posts