सोमराज गुरुङ मृत्यु प्रकरण : ताप्लेजुङ प्रहरीद्धारा २ जना पक्राउ,थप अनुसन्धानका लागि ७ दिनको म्याद लिईयो

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १ । गत कात्तिक २७ गते फुङलिङ नगरपालिका वडा नं ४ क्याम्पस लाइनमा शंकास्पद अवस्थामा मृत भेटिएका सोमराज गुरुङको मृत्यु सम्वन्धी अनुसन्धान गरिरहेको ताप्लेजुङ प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार गुरुङको मृत्यु पछि प्रारम्भिक अनुसन्धानको क्रममा शंकास्पद देखिएका २ जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएको छ ।

प्रहरी निरीक्षक यादवका अनुसार पक्राउ पर्नेमा सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाका निर सार्की मोटे भनिने २६ बर्षिय प्रितिहाङ लिम्बू र सिदिङ्वा गाउँपालिका वडा नं ७ घर भई हाल फुङलिङ नगरपालिका वडा नं ४ बस्ने ३८ बर्षिय बिना साउदेन गुरुङ रहेका छन् ।

सिदिङ्वा गाउँपालिका वडा नं ७ घर भई हाल फुङलिङ नगरपालिका वडा नं ४ बस्ने ५५ बर्षिय सोमराज गत कात्तिक २७ गते मकैबारीमा मृत अवस्थामा भेटिएका थिए । पक्राउ पर्ने बिरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी समेत रहेको र प्रारम्भिक अनुसन्धानका क्रममा निजहरु घटनासंग शंकास्पद देखिएकोले बिस्तृत अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Similar Posts