कात्तिक महिनामा पाथीभराबाट उठ्यो ५० लाख भेटी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झण्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ४९ लाख ८७ हजार २ सय रुपैयाँ भेटी संकलन भएको छ । कात्तिक महिनामा पाथीभरामा ६४ हजार १ सय ६ जना दर्शनार्थी पाथीभरा मन्दिरको दर्शनका लागि आएका थिए ।

पाथीभरा क्षेत्र विकास समितिले संकलित भएको भेटीमध्ये हरेक महिना गणना भएको रकम सार्वजनिक गर्दै आइरहेको छ । पाथीभरामा कात्तिक २८ गते शनिवार विगत बर्ष यताकै एकैदिन धेरै दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार उक्तदिन ११ सय २ सय ७२ जनाले मन्दिरको दर्शन गरेका थिए ।

Similar Posts