बासुसं माविमा अढाई लाखको स्मृति कोष
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १ । ताप्लेजुङको फुङलिङ वडा नं २ स्थित बालसुबोधिनी संस्कृत माध्यमिक बिद्यालयमा २ लाख ५० हजार रुपैयाँ बराबरको स्मृतिकोष स्थापना भएको छ ।
शैक्षिक अक्षयकोषमा रहने गरी बिद्यालयमा हरिमाया निरौला स्मृति कोष स्थापना भएको बिद्यालयका शिक्षक शान्तिराम नेपालले जानकारी दिनुभयो ।
२०३७ सालदेखि २०४२ सालसम्म बासुसं माविमा शिक्षण पेशामा आबद्ध रही त्यसपछिको समय निजामति सेवामा सर्मपित गरी अहिले सेवा निवृत हुनु भएका भक्तपुरको मध्यपुर ठिमीमा बस्दै आउनु भएका पोषण निरौलाले बिद्यालयमा उक्त स्मृतिकोष स्थापना गरिदिनु भएको हो ।