सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १३ बर्षपछि पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १ । प्रहरीले सवारी ज्यान मुद्दामा कैद र जरीवाना भुक्तान गर्न बाँकी एक फरार प्रतिवादीलाई १३ बर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार पक्राउ पर्नेमा झा जिल्लाको कन्काई नगरपालिका वडा नं ९ का जीवन चौलागाँई रहेका छन् । यादवका अनुसार चौलागाँईलाई इलाका प्रहरी कार्यालय अनारमनीको समन्वयमा कन्काई नगरपालिका वडा नं ९ स्थितबाट नियन्त्रणमा लिईएको हो ।

चौलागाँईलाई ताप्लेजुङ जिल्ला अदालतले सवारी ज्यान मुद्दामा दोषी हठर गर्दै मिति २०७० साल फागुन २५ गते कैद र जरीवाना हुने फैसला सुनाएको थियो । चौलागाँईले १ बर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Similar Posts