चालु आवमा एउटा बैबाहिक अंगीकृत नागरिकता जारी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ९ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चालु आर्थिक बर्ष २०८२।८३ को यो अवधिमा १ जनालाई बैबाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनु भएकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का अनुसार चालु आवको कात्तिक महिनामा १ जनालाई बैबाहिक अंगीकृत नागरिकता प्रदान गरिएको छ । प्रशासन कार्यालयले चालु आवको साउन देखि असोज मसान्तसम्ममा भने बैबाहिक अंगीकृत नागरिकता प्रदान गरेको थिएन । प्रशासन कार्यालयको अभिलेख अनुसार अघिल्लो आव २०८१।८२ भरमा ताप्लेजुङबाट ७ वटा बैबाहिक अंगीकृत नागरिकता जारी भएका थिए । चालु आवको कात्तिक सम्ममा ताप्लेजुङ प्रशासन कार्यालयमा गैर आवासीय नेपाली नागरिकता लिन भने कोहि आएका छैनन् । अघिल्लो आवमा ८ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका थिए ।

चालु आवको कात्तिक मसान्तसम्ममा ३३ वटा नावालक परिचयपत्र जारी भएको छ । कात्तिक महिनामा मात्र १० वटा नावालक परिचयपत्र जारी भएका छन् । प्रशासन कार्यालयले कात्तिक महिनामा १ सय ५२ जनाको राहदानीको अनलाइन फारम निःशुल्क रुपले भरिदिएको छ भने ३ सय ७५ जना सेवाग्राहीलाई नागरिक सहयाता कक्षबाट कार्यालय प्रयोजनमा प्रयोग हुने बिभिन्न किसिमका कागजातको फोटोकपी निःशुल्क रुपले उपलब्ध गराएको छ । चालु आवको कात्तिक महिनासम्ममा ९ सय ३७ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् भने १ हजार १ सय ७ जनाले वंशजका आधारमा नयाँ नागरिकता लिएका छन् । चालु आवको अहिलेसम्ममा जन्मको सन्तानलाई वंशजका आधारमा दिइने नागरिकता जारी नभएको प्रशासन कार्यालयले जनाएको छ ।

Similar Posts