सडकका गोलिया नहटाए फक्ताङलुङ गाउँपालिकाले जफत गरी जरीवाना गर्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २ । सडकनै अवरुद्ध हुनेगरी राखेका गोलियाहरु नहटाए ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जफत गरी आवश्यक कानुनी कारवाही गर्ने भएको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पालिका भित्रका सार्वजनिक बाटोहरुमा लापरवाही तरिकाले राखेका गोलिया जफत गरी सम्वन्धित व्यक्तिलाई जरीवाना सहित आवश्यक कानुनी कारवाही गर्ने बताउनु भएको छ ।
सडक ऐन २०३१ अनुसार तोकिएको सडक क्षेत्र भित्र कुनैपनि किसिमको संरचना बनाउन,स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम कार्य नहुने र सार्वजनिक सेवाको आवागमना बाधा पु¥याए त्यस्तो मालबस्तु हटाउन पाउने अधिकार रहेको छ ।