सिकैचा,जहाँ एकपछि अर्को महिला नेतृत्व स्थापित हुँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ मा एकपछि अर्को महिलाको नेतृत्व स्थापित हुँदै गएको छ ।

सरस्वती मावि सिकैचामा कञ्चन तामाङ प्रधानाध्यापकमा नियुक्त हुनु भएको छ । माध्यमिक तह तृतीय श्रेणीकी उहाँ प्रधानाध्यापकमा नियुक्त भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ति योङहाङले जानकारी दिनुभयो । उहाँ बिद्यालयको पहिलो महिला प्रधाध्यापक हुनु भएको छ ।

यसअघि उक्त बिद्यालय व्यवस्थापन समितिमा शान्ति पहिलो महिला अध्यक्ष हुनु भएको थियो । बिद्यालय व्यवस्थापनमा शिक्षकको प्रतिनिधित्व सुष्मा राई सदस्य हुनु भएको छ । स्थानीय तहको उपनिर्वाचनबाट सिकैचाको वडाध्यक्षमा कुमारी साउदेन निर्वाचित हुनु भएको थियो । यो संगै सिकैचामा एकपछि अर्को महिला नेतृत्व स्थापित हुन थालेको छ ।

Similar Posts