चालु आवमा आठराई त्रिबेणीद्धारा किसानलाई १ करोड २१ लाख रुपैया बढीका अनुदानका कार्यक्रम सञ्चालन

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १८ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२।८३ मा कृषि क्षेत्रमा १ करोड २१ लाख रुपैयाँ बढी अनुदान रकम बितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार पालिकाको बिनियोजित बजेटबाट १ करोड २१ लाख ८२ हजार ८ सय ६० रुपैयाँ अनुदान प्रदान गरिएको हो । पालिका अध्यक्ष पोमूका अनुसार वडा नं १ मा ११ लाख ९ हजार,वडा नं २ मा ३९ लाख ३६ हजार १ सय १० रुपैयाँ,वडा नं ३ मा ४३ लाख ८१ हजार ५ लाख २० हजार र वडा नं ५ मा २२ लाख ३७ हजार ५ सय रुपैयाँ प्रदान भएको छ । कतिपय अनुदान कार्यक्रममा वडा कार्यालयको समेत साझेदारी रहेको छ ।

पालिकाले कृषि क्षेत्र अन्तरगत कफी उत्पादन र प्रशोधन,आलु उत्पादन प्रर्वद्धन,सुनतला बिरुवा खरिद,सुन्तला बगैंचा बिस्तार,आलु उत्पादन प्रर्वद्धन कार्यक्रम,अलैंची खेति प्रर्वद्धन,अलैंची पकेट,सुन्तला पकेट,आँप,लिची,सुन्तलाको बिरुवा खरिद,फलफूलको बिरुवा बितरण,मौरी पालन प्रर्वद्धन कार्यक्रम,बेमौसमी बिऊबिजन खरिद तथा बितरण र कृषि पाठशाला सञ्चालन सहितका कार्यक्रममा अनुदान दिएको थियो ।

पालिकाले वडा नं १ मा ३ वटा,वडा नं २ र ३ मा ७–७ वटा,वडा नं ४ मा वडा नं ४ मा ३ वटा र वडा नं ५ मा ४ वटा कार्यक्रम अन्तरगतका बिभिन्न प्रकृतिका अनुदानका कार्यक्रम सञ्चालन गरेको थियो ।

Similar Posts