स्थापना दिवसका अवसरमा नेविसंघ ताप्लेजुङद्धारा पाथीभरा क्याम्पसका उत्कृष्ट १२ बिद्यार्थीलाई नगद सहित सम्मान
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ६ । नेपाल बिद्यार्थी संघको ५७ औं स्थापना दिवसको अवसरमा नेविसंघ ताप्लेजुङले यहाँस्थित पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययरत १२ जना बिद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।
शैक्षिक सत्र २०८१।८२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने १२ जेहेन्दार बिद्यार्थीलाई जनही नगद ५ हजार रुपैयाँ सहित सम्मान गरिएको नेविसंघ ताप्लेजुङका सभापति लोकेश लङ्वा लिम्बूले जानकारी दिनुभयो । लिम्बूका अनुसार नेविसंघले यसपटकको स्थापना दिवसबाट सुरु गरिएको नगद सहित सम्मान गर्ने कार्यक्रम यसैबर्षबाट निरन्तर रुपमा अघि बढ्ने छ । उहाँका अनुसार क्याम्पसमा अध्ययरत तीन (शिक्षा,मानविकी र व्यवस्थापन)संकायबाट पहिलो देखि चौथो बर्षसम्मको परीक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थी सम्मानित हुनु भएको छ ।
सम्मानित हुनेमा शिक्षा शास्त्रतर्फ बृटनी थेबे,प्रतिमा सेन्दाङ,पूजा लिम्बू र डिल्लीबहादुर खाती रहनु भएको छ । व्यवस्थापन संकायतर्फ जीवनसिंह साउद,ङिमा शेर्पा,जमुना बराल र निर्मला पौडेल तथा मानविकी संकायतर्फ सुजाता दाहाल,विविका केदेम,खिमबहादुर पुन र पुनम मावो लिम्बू रहनु भएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,फुङलिङ नगरप्रमुख अमिर मादेन,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम,क्याम्पस सञ्चालक समितिका सदस्यहरु,पाथीभरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सजन पौडेलको उपस्थितिमा उक्त सम्मान गरिएको नेविसंघले जनाएको छ ।