विपद् पूर्व तयारी र प्रतिकार्यमा सरोकारवालाको भूमिका दर्शाउँदै सशस्त्र प्रहरीको कञ्चनजंघा गुल्म

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १३ । सशस्त्र प्रहरीको ताप्लेजुङ फुङलिङस्थित नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरले विपद् पूर्व तयारी र प्रतिकार्यबारे चेतनामुलक अभिमुखीकरण सुरु गरेको छ ।

पहिलोचरणमा बिद्यालय र क्याम्पसका शिक्षक तथा अभिभावक केन्द्रित अभिमुखीकरण सुरु गरिएको सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापाले जानकारी दिनुभयो । बिपद्मा पनि बाढी–पहिरो,आगलागी र भूकम्पलाई बढी केन्द्रित गरी अभिमुखीकरण गराईने सप्रनाउ थापाले बताउनुभयो । यि बाहेक चट्याङ,भूक्षय,अतिबृष्टी,अनाबृष्टी सहितका विपद् र यसबाट बच्न गर्नुपर्ने पूर्व तयारी र विपद्पछिको प्रतिकार्य बारे प्रभावित देखि विपद् उद्धारमा सक्रिय हुने निकाय सम्मको भूमिका प्रष्ट्याउने गरिन्छ ।

सोमवार लिटलबुद्ध इङ्लिस बोर्डिङ् स्कुलमा अभिमुखीकरण गराइएको छ । बिद्यालयका प्रिन्पिसल युवराज गिरीले बिद्यार्थीमार्फत गराईएको अभिमुखीकरण अभिभावक र आफ्ना सहयात्री सम्मलाई पुग्ने भएकोले अभियान प्रभावकारी हुने बताउनुभयो । प्याब्सनका पूर्व जिल्ला अध्यक्ष तथा ताप्लेजुङ बुद्ध ईङसिल बोर्डिङ स्कुलका प्रिन्सिपल ईन्द्र गुरुङले विपद् जोखिमका हिसावले‘उच्च’क्षेत्रमा पर्ने ताप्लेजुङमा विपद् जोखिम बिरुद्ध पूर्व तयारी र प्रतिकार्य योजना बारे जानकारी प्रेषित गर्ने कार्यलाई आवश्यकताका आधारित अभियान भनेर ब्याख्या गर्नु भएको छ ।

सप्रनाउ थापाका अनुसार यहाँका क्याम्पस तथा माध्यमिक बिद्यालयका बिद्यार्थी,शिक्षक र अभिभावकलाई विपद् पूर्व तयारी,विपदका् कारण,प्रभाव,यसको न्यूनीकरणका उपाय र विपद् पछि गरिने राहत तथा उद्धारका कार्य बारे जानकारी गराइएको छ ।‘सबैभन्दा उत्तम त विपद्का घटना हुनै नदिन गर्नुपर्ने सावधानीका उपाय बारे अनुशिक्षित गर्नु नै हो’थापाले भन्नुभयो । सम्भावित विपद् प्रभावित क्षेत्रको पहिचान गरी विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायलाई बढी जिम्मेवार र अग्रसर बनाउने जिल्ला विपद् व्यवस्थापन समितिको दीर्घकालिन योजना रहेको छ ।

ताप्लेजुङ सबैभन्दा बढी आगलागी र बाढी पहिरोका विपद्का घटनाले प्रभावित जिल्ला हो । सदरमुकाम फुङलिङको कोप्चे,गोसखान लाइन सहितका क्षेत्र अहिले आगलागीको जोखिममा छन् । प्रायस भिरालो जमिन रहेको जिल्लाको अधिकाँस भूभागमा पहिरोको जोखिम रहेको छ भने नदी तथा खोला तटिय क्षेत्रहरु बाढीको समयमा जोखिममा हुने गर्छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts