काँग्रेस ताप्लेजुङ अधिबेशनःमतगणना केहिबेरमा,महाधिबेशन प्रतिनिधि चयनका लागि १२७३ मत खस्यो
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १४ । नेपाली काँग्रेसको १५ औं राष्ट्रिय महाधिबेशनका लागि ताप्लेजुङबाट चयन हुने महाधिबेशन प्रतिनिधि र प्रदेशसभा १(क)को सभापतिका लागि भएको मतदानको मतगणना आजै हुने भएको छ ।
निर्वाचन समितिका सदस्यका सदस्य धनबहादुर थापाका अनुसार मतगणना आजैबाट सुरु हुन लागेको हो । थापाका अनुसार महाधिबेशन प्रतिनिधि चयनका क्रममा १ हजार २ सय ७३ मत खसेको छ । कुल १ हजार ४ सय २९ मतदाता रहेका थिए । प्रदेशसभा निर्वाचन क्षेत्र नं १(क)मा ७ सय ७५ मध्ये ६ सय ९३ मत खसेको थापाले जानकारी दिनुभयो ।
प्रदेशसभा १(क)मा गणेश खिम्दिङ र लालकृष्ण चौहान चुनावी प्रतिश्पर्धामा रहनु भएको छ । २६ जना महाधिबेशन प्रतिनिधि निर्वाचनमार्फत छानिनु हुने छ । ३३ मध्ये ७ जना निर्विरोध हुनु भएको छ ।