सिदिङ्वामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ९ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका स्तरीय १८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलवार(आज)बाट सुरु भएको छ ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान तथा १८ औं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एकसाथ पालिका अध्यक्ष मानबहादुर राईले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा पालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना),जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो(गणेश),निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारी,वडाध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य सहित स्थानीय खेलप्रेमीको उपस्थिति रहेको थियो ।
सिदिङ्वा गाउँपालिका यसबर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजक समेत हो । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजक समेत भएका कारण त्यसको तयारीमा केन्द्रित हुनुपर्ने भन्दै सिदिङ्वाले यहाँका अरु पालिका भन्दा छिटो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ ।