फक्ताङलुङमा शैक्षिक तालिम तथा स्रोत केन्द्र स्थापनाको पहल सुरु,दातृ निकायसंग प्रारम्भिक छलफल

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले शैक्षिक तालिम तथा स्रोत केन्द्र स्थापनाको बिषयमा साझेदार शैक्षिक दातृ निकायसंग परार्मश गरेको छ ।

पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार पालिकालाई गुणस्तरीय शिक्षा,शिक्षकको क्षमता विकास र आधुनिक सिकाई प्रविधिले सुसज्जित बनाउने ध्येयले शैक्षिक तालिम तथा स्रोत केन्द्र स्थापनाको पहल अघि बढाईएको हो ।

पालिका क्षेत्रमा अहिले सार्मथ्य फाउण्डेसन,फेज नेपाल,हिमालयन डेभलपमेन्ट फाउण्डेसन अष्ट्रेलिया,पुतली सहयोग,एक्सन फर नेपाल,रिड नेपाल र ह्युमन प्राक्टिस फाउण्डेसन सहितका निकायले शैक्षिक दातृ निकायको रुपमा पालिकासंग सहकार्य गर्दै आएका छन् ।

पालिका अध्यक्ष लिम्बूले फक्ताङलुङमा शैक्षिक तालिम तथा स्रोत केन्द्र स्थापनाको यात्रा आरम्भ भएको र सहकार्य र प्रतिबद्धताले सुन्दर परिणाम दिने विश्वास व्यक्त गर्नु भएको । स्रोत केन्द्रलाई ‘शैक्षिक हव’बनाउने उद्धेश्य राखी कार्य यात्रा आरम्भ गरेको पालिका अध्यक्ष लिम्बूले बताउनु भएको छ ।

शैक्षणिक योजना तथा शैक्षिक सामग्रीको निर्माण र प्रयोग,विद्यार्थीका सिकाइ आवश्यकता एवं विविधताको पहिचान र सम्बोधन,कक्षा व्यवस्थापन र बालमैत्रीपूर्ण सिकाइ वातावरणको निर्माण, आधुनिक शिक्षण कौशल र प्रविधिको अवलम्बन लगायतका कार्यका लागि शैक्षिक तालिम तथा स्रोत केन्द्रको आवश्यकता पर्छ । यसबाहेक शिक्षण सिकाइका व्रmममा सामना गरिने समस्याको पहिचान र समाधान, शिक्षा र शिक्षणसँग सम्बन्धित नयाँ ज्ञान र नवप्रवर्तनसँग शिक्षकलाई निरन्तर परिचित र अद्यावधिक भइरहने अवसरका लागि यो केन्द्र लाभदायी हुने विश्वास गरिएको छ ।

 

Similar Posts