थेचम्बुमा पाठेघरको मुखको क्यान्सर सम्वन्धी परीक्षण शिविर सञ्चालन हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २९ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बुमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्वन्धी परीक्षण शिविर सञ्चालन हुने भएको छ ।

पालिकाको केन्द्रस्थित थेचम्बु स्वास्थ्य चौकीमा चैत १ गते उक्त शिविर सञ्चालन हुने स्वास्थ्य चौकी प्रमुख विशाल सेजुवालले जानकारी दिनुभयो । उहाँका अनुसार ३० देखि ५९ बर्षबिचका महिलाहरुका लागि पाठेघरको मुखको(भिआईए)जाँच हुने छ ।

पालिकाले अघिल्लो बर्षको शिविरमा सेवा लिएका बाहेक ३० देखि ५९ बर्षबिचको उमेर समूहका महिलाहरुले परीक्षण शिविरमा सहभागी भई स्वास्थ्य लाभ आर्जन गर्न आग्रह गरेको छ ।

Similar Posts