लिम्बूदिनमा सामान बोकेको गाडी दुर्घटना,दुईजना घाइते

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १६ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ५ लिम्बुदिनमा सामान बोकेको पिकअप गाडी दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी सवारी धनी र सवारी चालक गरी दुईजना घाइते भएको स्थानीय ओमेन्सा राईले जानकारी दिए । प्राप्त विवरणअनुसार फिदिमबाट मेहेले–सुरुमखिम हुँदै खेवाङतर्फ जाँदै गरेको को.१ ज २३१४ नम्करको सामान बोकेको पिकअप गाडी दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयले सवारी दुर्घटनामा परेको जानकारी प्राप्त भएको र बिस्तृत विवरण केहि समय पछि आउने बताएको छ । घटनामा परी घाइते हुनेको नाम,थर र वतन तथा उनीहरुको अवस्था बारे पनि अहिलेसम्म खुलेको छैन ।

Similar Posts