ताप्लेजुङको तापेथोकमा ट्रयाक्टर दुर्घटना,चालक गम्भिर

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १६ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

घाइते चालक मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ रातमोटे बस्ने २४ बर्षिय कुमार शेर्पाको बाहिरी चोट नदेखिएपनि तत्काल बोल्न नसक्ने र अवस्थामा गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो ।

घाइते चालकलाई उपचारका लागि तापेथोकबाट जिल्ला अस्पतालतर्फ ल्याँइदै गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक यादवका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ५ हेल्लोक सिरुवारीबाट पार्वती मावि हेल्लोकतर्फ गइरहेको मे.१ त ७१८४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडक देखि करिव एकसयमिटर तल खसेको थियो ।

Similar Posts