चाक्सिबोटेमा कात्तिक १५ बाट वडास्तरीय पुरुष फुटबल

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १९ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ५ चाक्सिबोटेमा आउँदो कात्तिक १५ गते देखि अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

चाक्सिबोटे कप फुटबल खेल सञ्चालन समितिको आयोजनामा हुने प्रतियोगिता २० गतेसम्म सञ्चालन हुने समिति अध्यक्ष अमृत साम्सोहाङले जानकारी दिनुभयो । चाक्सिबोटेको कात्तिके खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको छ ।

खेल सञ्चालन समितिका सचिव मिथुन राजभण्डारीका अनुसार प्रतियोगितामा प्रथम हुनेले तीनबर्षे रनिङ कपसहित नगद १ लाख १ हजार १११ रुपैयाँ तथा उपबिजेता हुनेले नगद ५० हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् । १३ गतेसम्म प्रवेश समय र १४ गते खेल तालिका प्रकाशित हुने समितिका सचिव राजभण्डारीले जानकारी दिनुभयो ।

Similar Posts