कात्तिक महिनामा पाथीभराबाट साढे ३४ लाख भेटि संकलन,४२ हजार बढी दर्शनार्थी

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ३० । कात्तिक महिनामा पाथीभराबाट झण्डै साढे ३४ लाख बढी भेटि रकम संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ३४ लाख ४८ हजार ५ सय रुपैयाँ भेटि संकलन भएको छ । हाङवाङका अनुसार कात्तिक महिनामा ४२ हजार २ सय ६१ दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यो गत आर्थिक बर्षको कात्तिक महिनामा भन्दा निकै कम हो ।

गत बर्षको कात्तिक महिनामा ६१ हजार १ सय ७३ जनाले मन्दिरको दर्शन गरेका थिए ।

Similar Posts