ट्राफिक प्रहरी कार्यालयको राजश्वमा सामान्य गिरावट
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङबाट संकलन हुने राजश्वमा सामान्य गिरावट देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आर्थिक बर्ष २०८२।८३ मा ८ लाख ७ हजार ५ सय रुपैयाँ असुली भएको छ । ८ सय ५१ वटा सवारी कारवाहीका क्रममा उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आर्थिक बर्ष २०८१।८२ मा १ हजार ५७ सवारी कारवाहीमा पर्दा ८ लाख ३१ हजार ५ सय रुपैयाँ राजश्व असुली भएको थियो ।