फुनपा–२ का लाभग्राहीलाई आलुको बीऊ बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २९ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं २ का लागभग्राहीलाई आइतवार आलुको बीऊ बितरण गरिएको छ ।

फुङलिङ नगरपालिकाको चालु आर्थिक बर्ष २०८३।८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाको वडा नं २ का लाभग्राही परिवारलाई ५० किलोग्रामको दरले आलुको बीऊ बितरण गरिएको वडाध्यक्ष मोहन न्यौपानेले जानकारी दिनुभयो । नगर उपप्रमुख भीमादेवी ओझा,वडाध्यक्ष न्यौपाने र वडा नं २ का वडा सदस्यहरुको उपस्थितिमा आलुको बितरण गरिएको नगरपालिकाले जनाएको छ ।

फुङलिङ नगर उपप्रमुख ओझाले किसानलाई पूर्ण रुपले व्यवसायीकरण गरी आर्थिक उर्पाजन बृद्धि गर्न नगरपालिकाले लाभग्राहीका लागि उन्नतजातको मलबीऊबिजन तथा प्रविधिमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले बितरण गरिएको मलबीऊबिजन तथा प्रविधिको समुचित प्रयोगको अवस्था तथा सम्मानजनक बितरण प्रकृयामा भएका समस्या निदानका लागि नगरपालिकाले थप अनुगमन गर्ने बताउनुभयो ।

 

Similar Posts