मिक्वाखोलाको गाउँसभा अधिबेशन सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २० । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले मंगलवार गाउँसभा तथा १९ औं हिउँदे अधिबेशन सम्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका सभामा चालु आर्थिक बर्ष २०८१।८२ को अहिले सम्मको कार्य प्रगतिको समिक्षा तथा आगामी कार्यक्रमको बारेमा छलफल भएको छ । गाउँसभा अधिबेशनले पालिकाका चालु केहि कार्यक्रमहरु तथा बजेटहरुको संशोधन समेत गरेको छ ।

सभामा बिधायन समितिकातर्फबाट बिधयेक तथा कार्यविधिहरु पेश भएका छन् । पालिका अध्यक्ष कार्की,उपाध्यक्ष डण्डु लामा शेर्पा,प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम,५ वटै वडाका वडाध्यक्षहरु,कार्यपालिका सदस्य तथा गाउँसभाका सदस्यहरुको उपस्थितिमा गाउँसभा अधिबेशन सम्पन्न भएको हो ।

Similar Posts