एमाले थेचम्बुले अग्नि पीडितलाई दियो राहत

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २० । नेकपा एमालेको पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बु वडा कमिटीले अग्नि पीडित एक परिवारलाई आपतकालिन राहत सहयोग गरेको छ ।
एमाले जिल्ला कमिटी सदस्य तेजविर मेन्याङ्वोका अनुसार वडा कमिटीले कमिटीका आवद्ध सदस्यहरुबाट आन्तरिक रुपमा रकम संकलन गरी थेचम्बु ओलकका युवराज तामाङको परिवारलाई सहयोग गरेको हो । वडा कमिटीले तामाङ परिवारलाई ६ हजार ५ सय ८० रुपैयाँ बराबरको राहत सहयोग गरेको छ ।
तामाङको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा करिव २ लाख ३० हजार मूल्य बराबरको क्षति भएको थियो । पाथीभरा याङवरक गाउँपालिकाले अग्नि पीडित तामाङ परिवारलाई यसअघि नै आपतकालिन राहत बितरण गर्दै पुनःघर बनाउने प्रयोजनका लागि ६० हजार रुपैयाँ बराबर सहयोग गर्ने बचन दिईसकेको छ ।