नेकपा स्थायी कमिटी बैठक मंसिर २८ सम्मलाई स्थगित, केन्द्रीय कमिटी बैठक पनि स¥यो

काठमाडौ,मंसिर २१ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मलाई स्थगित भएको छ । आइतबारबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक मंसिर २८ सम्मलाई स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताउनुभयो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि हुनु भएन । तर, ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको पौडेलले बताउनुभयो । उक्त पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाउनु भएको थियो । पत्रमा ओलीले पुरानै अडान दोहो¥याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । ओलीले अर्का अध्यक्ष दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्य नभएको भन्दै त्यसको फिर्ताको अडान राख्नु भएको छ । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।