| |

ताप्लेजुङमा नेकपाको जागरण अभियान सुरु

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ११ । ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जागरण अभियान सुरु भएको छ । नेकपाले बुधबारदेखि ताप्लेजुङमा दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको हो ।
नेकपाले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरण गर्ने विशेष योजनासहित राष्ट्रिय जागरण अभियान सुरु गरेको जनाएको छ । नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) का अनुसार बुधबार जिल्ला कमिटीको पूर्ण बैठक बस्दै अभियानको शुभारम्भ गरिएको छ ।
राष्ट्रिय जागरण अभियानअन्तर्गत जिल्लामा सञ्चालन गरिने योजनाहरु र अन्य क्रियाकलापबारे बैठकले निर्णय गरेको जिल्ला इन्चार्ज बुढाक्षेत्रीले बताउनुभयो । उहाँका अनुसार जागरण अभियानमा पार्टी सदस्यता नवीकरण गर्ने, वडा र पालिकाका अधिवेशनहरु गरिने भएको छ । त्यस्तै जनता र पार्टीबिचको सम्बन्ध सुदृढसँगै आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीसम्बन्धी गतिविधि गर्ने निर्णणसमेत बैठकले गरेको नेकपाले जनाएको छ ।
जिल्लाको अभियान शुभारम्भ कार्यक्रममा अन्य केन्द्रीय सदस्यहरु खेमबहादुर वनेम, विजयप्रकाश वनेम, मनिष हेल्लोक, असल पन्दाक, नेत्र नेपालीलगायत जिल्लाका अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । राष्ट्रिय जागरण अभियानको गत शनिबार नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपशालले काठमाडौंमा उद्घाटन गर्नुभएको थियो ।

Similar Posts