पाथीभरा मन्दिरमा रहेका झण्डै साढे १६ हजार केजी वजनका पुराना घण्टी लिलाम बिक्री हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १४ । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा रहेका भक्तजनहरुले चढाएका झण्डै साढे १६ हजार किलोग्राम बढी पुराना घण्टी लिलाम बिक्री गर्ने भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेका अनुसार १६ हजार ३ सय ६८ किलो, १ सय ग्राम वजन बराबरका पुराना घण्टी लिलाम बिक्री गरिने जानकारी दिनुभयो । क्षेत्र विकास समितिले लिलाम बिक्रीमा राखिएका घण्टीको न्यूनतम् मूल्य प्रतिकिलोग्राम ३ सय ८० रुपैयाँ कायम गरेको जनाएको छ ।
लिलाम सकार्न चाहनेहरुले पुस १३ गते भित्रमा पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा सिलबन्दी बोलपत्र दर्ता गरिसक्नुपर्ने समेत समितिले जनाएको छ । इच्छुक व्यक्ति वा फर्महरुले सिलबन्दी बोलपत्र दर्ता गर्न सक्ने भएका छन् । पुराना घण्टीको उचित व्यवस्थापनका लागि लिलाम बिक्री गर्ने निर्णयमा पुगेको समेत पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।