चालु आवको बैशाखसम्ममा पाथीभरामा पुगे २ लाख ३२ हजार दर्शनार्थी,उठ्यो ४ करोड बढी भेटी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १ । चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा २ लाख ३२ हजार बढी दर्शनार्थी मन्दिरको दर्शनका लागि पुगेका छन् ।

गत साउन देखि यो बैशाखसम्ममा २ लाख ३२ हजार ५ सय ३४ जना दर्शनार्थी मन्दिर पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार बैशाख महिनामा मात्र ५२ हजार २ सय २८ जना दर्शनार्थी मन्दिरको दर्शनका लागि पुगेका छन् । साउन देखि चैत मसान्तसम्ममा १ लाख ८० हजार ३ सय ६ जना दर्शनार्थी मन्दिरको दर्शनका लागि पुगेका थिए ।

चालु आवको सबैभन्दा बढी दर्शनार्थी बैशाख महिनामा पुगेका छन् । चैत महिनामा ४८ हजार १ सय ५५ जना मन्दिर पुगेका थिए । साउन महिनामा २ हजार १ सय ४६ जना,भदौमा ४ हजार ५ सय ३ जना,असोजमा २९ हजार १ सय ७४ जना,कात्तिममा ४२ हजार २ सय ६१ जना,मंसिरमा १९ हजार १ सय ८१ जना,पुसमा ५ हजार ९ सय ११ जना,माघमा १० हजार ३ सय २३ जना र फागुनमा १८ हजार ६ सय ५२ जना पाथीभरा मन्दिर पुगेको क्षेत्र विकास समितिले जनाएको छ ।

बैशाख महिनामा मात्र पाथीभरा मन्दिरबाट १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटि संकलन भएको छ । चालु आवको बैशाख मसान्तसम्ममा ४ करोड २ लाख ७० हजार ६०० रुपैयाँ भेटी संकलन भएको क्षेत्र विकास समितिले जनाएको छ ।

Similar Posts