|

व्यक्तिगत घटना दर्ताको महत्व दर्शाउन सिरिजंगाद्धारा सेवाग्राहीलाइ निःशुल्क खाम उपलब्ध

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन ३० । व्यक्तिगत घटना दर्ता र दर्ता कागजको महत्व दर्शाउन ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले दर्ता कागज संगै खाम उपलब्ध गराउन थालेको छ । प्रत्येक वडा कार्यालयबाट जारी हुने जन्मदर्ता, त्युदर्ता,बसाइँसराइ,विवाहदर्ता जस्ता नागरिकको अत्यन्त महत्वपूर्ण सरकारी कागजातहरुको दिगो सुरक्षाका लागि कागजसँगै खाम उपलब्ध गराइन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाको वेबसाईट, इमेल र फेसबुक पेजको ठेगाना समेत प्रिण्ट गरिएको उक्त खाम प्लास्टिकको रहने र यो खाम निःशुल्क उपलब्ध हुने समेत प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । हेर्दा सानो उपहार जस्तो देखिएपनि यो कार्यले दुईवटा महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने देखिन्छ । पहिलो–व्यक्तिगत घटना दर्ताको महत्व आम नागरिकलाइ बुझाउने छ । दोस्रो–महत्वपूर्ण कागजातको सुरक्षा संगै खोजेको बेला भेटिने अवस्था बन्ने छ । एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकाले दिने छात्रवृत्ति प्राप्तिको पहिलोपटक आवेदन दिन आउनु भएका सिरिजंगा गाउँपालिका वडा नं १ सिनामका अतित अधिकारीलाई यो खाम उपलब्ध गरी पालिकाले यो अभियानको शुरुआत गरेको जनाएको छ । व्यक्तिगत घटना भन्नाले कुनै व्यक्तिको जन्म,मृत्यु,विवाह, सम्बन्ध विच्छेद,तथा बसाइ सराइ सम्झनुपर्छ ।

फोटो ः पहिलो सेवाग्राही अतित अधिकारीलाइ कागज सुरक्षाको फायल उपलब्ध गराउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे । तस्बिर ः इउज्यालो पोष्ट

अरुलाई पनि शेयर गरौ !

Similar Posts