प्रेस युनियन ताप्लेजुङमा फुरुम्बो

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २० । नेपाल प्रेस युनियन ताप्लेजुङको छैटौं जिल्ला अधिबेशनले कृष्ण फुरुम्बो लिम्बू अध्यक्ष रहेको नयाँ कार्य समिति सर्वसम्मच चयन गरेको छ ।

प्रेस युनियनका केन्द्रीय सदस्य तथा ताप्लेजुङ अधिबेशन प्रतिनिधि भीमकुमार बाँस्कोटाका अनुसार युनियनको उपाध्यक्षद्धयमा तरुण भारती र रञ्जना गुरुङ,सचिवमा बिक्रम लामगादे,सहसचिवमा किरण भट्टराई र कोषाध्यक्षमा सौगात बिष्ट चयन हुनु भएको छ । अधिबेशनले ६ जना केन्द्रीय महाधिबेशन प्रतिनिधिको समेत चयन गरेको छ ।

केन्द्रीय महाधिबेशन प्रतिनिधिमा आनन्द गौतम,देवराज गुरुङ,माला पालुङ्वा,सन्तोष पुर्कुटी,ताराप्रसाद सिटौला र धर्मप्रसाद पौड्याललाई चयन गरेको छ । अधिबेशनले ६ जना प्रदेश प्रतिनिधि समेत चयन गरेको नवनिर्वाचित अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

Similar Posts