फुनपा–६ द्धारा वडाभरीका सामुदायिक बिद्यालयका बिद्यार्थीलाई बर्षदिन पुग्नेगरी शैक्षिक सामग्री बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १५ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ ले वडाभरीका बिद्यालयका बिद्यार्थीलाई बर्षदिनसम्म पुग्नेगरी निःशुल्क शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

वडाध्यक्ष मदन गुरुङ(तेज)का अनुसार फुङलिङ नगरपालिकाको चालु आर्थिक बर्ष २०८३।८४ को बजेटबाट बिनियोजित भई वडापालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा नं ६ भित्र रहेका तीनवटा सामुदायिक बिद्यालयका बिद्यार्थीलाई एकबर्षसम्म पुग्नेगरी शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । कापी,डटपेन,पेन्सिल,सापर्नर र पेन्सिल सापर्नरसहितका सामाग्री बितरण गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार बगरवारी आधारभूत बिद्यालयका ७९ जना,बाँजोगरा आधारभूत बिद्यालयका १ सय २० जना र अमर स्मृति आधारभूत बिद्यालयका ३७ जना कुल २ सय ३६ जना बिद्यार्थीलाई करिव ३ लाख ५० हजार रुपैयाँ मूल्यको शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । कुल गरी ४ हजार ६ सय ७ थान कापी,२ सय ८ थान डटपेन,२ सय ६८ थान पेन्सिल र १ सय ३४ थानका दरले ,सापर्नर र पेन्सिल सापर्नरसहितका सामग्री बितरण गरिएको वडापालिकाले जनाएको छ ।

फुङलिङ नगरपालिका वडा नं ६ का वडासदस्यहरु,फुङलिङ नगरपालिकाका लेखा शाखा प्रमुख(अधिकृत छैटौं)भोलानाथ सिग्देल,सम्वन्धित बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष,प्रधानाध्यापक,शिक्षक तथा अभिभावकहरुको उपस्थितिमा शैक्षिक सामग्री बितरण गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Similar Posts