छैटौं संस्करणको सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला आउँदो मंसिर २३ देखि हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १६ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकमा हुने छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङगा गोल्डकप तथा सिरिजङ्गा मेला आउँदो मंसिर २३ देखि हुने भएको छ ।

बिहीबार आयोजक तेल्लोक स्पोर्टिङ क्लव र ऐतिहासिक व्यक्तित्व तेअङ्सी सिरिजङगासिङ् थेबे स्मृति प्रतिष्ठानसहित सरोकारवालाको बैठकले मंसिर २३ देखि २९ गतेसम्म छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङगा गोल्डकप तथा सिरिजङ्गा मेला सञ्चालन गर्ने निर्णय गरेको क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार ऐतिहासिक व्यक्तित्व तेअङ्सी सिरिजङगासिङ् थेबेको जन्म जयन्तीको अवसर पारेर गोल्डकप तथा मेला सञ्चालन गर्ने निर्णय भएको हो ।

क्लवका अध्यक्ष भट्टराईले उक्त ऐतिहासिक तथा गौरवपूर्ण आयोजनालाई सफल बनाउन विगतमा झैं प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सरोकारवालाको साथ,सहयोग,सद्भाव,सल्लाह तथा सुझावको अपेक्षा गरेको जानकारी दिनुभयो । क्लवले सिरिजङ्गाको इतिहास,सँस्कृति, खेलकुद र पर्यटनको पहिचानलाई थप उचाईमा पुर्‍याउन सबैको हातेमालो जरुरी रहेको समेत बताएको छ ।

Similar Posts