मकैको बीऊ र प्लास्टिक टनेलमा किसानलाई ५० प्रतिशत अनुदान दिदैं फक्ताङलुङ

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले मकैको बीऊ र प्लास्टिक टनेलमा पालिकाका किसानलाई ५० प्रतिशत अनुदान दिने भएको छ ।

पालिककाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार पालिकाको वडा नं १ देखि वडा नं ६ का किसानलाई मकैको बीऊ र प्लास्टिक टनेलमा ५० प्रतिशत अनुदान दिइन लागेको हो । अनुदान प्राप्त गर्न इच्छुक कृषक,कृषक समूह र कृषि सहकारीहरुले पुस १० गते भित्र पालिकाका आबेदन दिनुपर्ने हुन्छ ।

फर्म दर्ता नभएपनि आबेदन दिन सकिने व्यवस्था रहेको पालिकाले जनाएको छ । आबेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र अनुदान माग गर्ने सम्वन्धीको निर्णय पेश गर्नुपर्ने पालिकाले जनाएको छ ।

Similar Posts