नेपाली काँग्रेस ताप्लेजुङको प्रदेशसभा १(क)मा खिम्दिङ

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १५ । नेपाली काँग्रेसको ताप्लेजुङको प्रदेशसभा १(क)को सभापतिमा गणेश खिम्दिङ विजयी हुनु भएको छ ।

प्रतिश्पर्धी लालकृष्ण चौहानलाई १ सय ३८ मतान्तरले पराजित गर्दै खिम्दिङ विजयी हुनु भएको हो । कुल ६ सय ९३ मत खसेकोमा खिम्दिङले ३ सय ८१ र चौहानले २ सय ४३ मत प्राप्त गर्नु भएको छ । ६६ मत बदर भएको बताईएको छ ।

निर्वाचन समितिले यसको औपचारिक जानकारी केहिवेरपछि गराउने बताएको छ । निर्वाचन समितिका सदस्य धनबहादुर थापाका अनुसार महाधिबेशन प्रतिनिधि चयनका क्रममा १ हजार २ सय ७३ मत खसेको छ । कुल १ हजार ४ सय २९ मतदाता रहेका थिए ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं १(क)मा ७ सय ७५ मध्ये ६ सय ९३ मत खसेको थियो । २६ जना महाधिबेशन प्रतिनिधि निर्वाचनमार्फत छानिनु हुने छ । ३३ मध्ये ७ जना निर्विरोध हुनु भएको छ । प्रदेशसभा १(क)पछि अब महाधिबेशन प्रतिनिधितर्फको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

Similar Posts