| |

याक्थुङ चुम्लुङको ताप्लेजुङ अध्यक्षमा लेछर्बो चयन

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ३१ । ताप्लेजुङस्थित याक्थुङ चुम्लुङ नेपालको जिल्ला अध्यक्षमा हाङमाया लेछर्बो लिम्बू चयन हुनुभएको छ । चुम्लुङको दोस्रो जिल्ला अधिवेशनले लेछर्बो अध्यक्ष रहेको ३७ सदस्यीय जिल्ला कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।
सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न चुम्लुङको दोस्रो जिल्ला अधिवेशनले कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सीता लिम्बू, उपाध्यक्षमा प्रकाश मादेन, मेघराज श्रेङचोङ्बाङ र दीपेन्द्र आङ्बुहाङ चयन हुनुभएको छ । यस्तै सचिवमा इन्द्रबहादुर पालुङ्वा, सहसचिव अस्मिता साँवा र कोषाध्यक्षमा सुजिता थोप्रा चयन हुनुभएको छ ।
कार्यसमिति सदस्यहरुमा ललिता लिम्बू, अमर पालुङ्वा, कुमारी लिम्बू, इन्द्र लेछर्बो, मनकुमार इजम, मन्कु काम्बाङ, रीमा मेन्याङ्बो, सञ्चमाया लिम्बू चयन हुनुभएको छ । सानिता पालुङ्वा, अमृत लिम्बू देव मेन्याङ्बो, भक्ती लिबाङ, कविता चोङ्बाङ, अनिसा लिङ्तेप, कल्पना लेछर्बो, फूलमाया लिम्बू, सीता लिम्बू पनि सदस्यमा चयन हुनुभएको छ ।
चुम्लुङको कार्यसमिति सदस्यमा जीवन पतङ्वा, प्रेम पतङ्वा, दिलमाया लिम्बू, वर्षा थेबे, तारा पालुङ्वा, चन्द्र पालुङ्वा, हर्कमति लिम्बू, धनबहादुर फेम्सोहाङ, नरपति फेम्सोहाङ, रुपा फुरुम्बो रहनुभएको छ । मणि ताप्मादेन, गीता लिम्बू, बलबहादुर फेम्सोहाङ र पृथीमाया लिम्बू सदस्यमा चयन हुनुभएको नवनिर्वाचित जिल्ला अध्यक्ष लेछर्बोले जानकारी दिनुभयो ।
चुम्लुङका केन्द्रीय अध्यक्ष दिलसिंह मेन्याङ्बो लिम्बूको प्रमुख आतिथ्यता तथा प्रदेश र केन्द्रीय पदाधिकारीको उपस्थितिमा जिल्ला अधिवेशन सम्पन्न भएको हो । याक्थुङ चुम्लुङ लिम्बू जातिको एक जातीय संस्था हो ।

Similar Posts