अरिङ्गाल झार्ने क्रममा लडेर फुङलिङमा एकजनाको मृत्यु
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १५ । अरिङ्गाल झार्ने क्रममा लडेर ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १ का अन्दाजी ५० बर्षिय एक व्यक्तिको मृत्यु भएको छ ।
अरिङ्गाल झार्ने क्रममा स्थानीय रणबहादुर सुनुवारका ५० बर्षिय छोरा छत्रबहादुर सुनुवारको मृत्यु भएको भन्ने जानकारी फुङलिङ नगरपालिका वडा नं १ का वडाध्यक्ष रुद्रकुमार मादेनले प्रहरीलाई गराएपछि प्रहरीले आवश्यक कानुनी प्रकृया सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कमल बजगाइँले जानकारी दिनुभयो ।
डिएसपी बजगाइँले फुङलिङ नगरपालिका वडा नं ६ थुवाजुङका सुवास मादेनको बारीमा रहेको अरिङ्गाल झार्ने क्रममा छत्रबहादुरको लडेर ज्यान गएको जानकारी वडाध्यक्ष मादेनले प्रहरीलाई गराएको र थप आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।