काँग्रेस संस्थापनइतर समूहको ताप्लेजुङ संयोजकमा थेबे

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १४ । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले ताप्लेजुङ जिल्लाको संयोजकमा राज थेबेलाई जिम्मेवारी दिएको छ ।

केन्द्रीय संयोजक शशांक कोईरालाले थेबेलाई जिल्ला संयोजकको जिम्मेवारी दिनु भएको हो ।

संस्थापन इतर पक्षले असोज १५ गते वडा अधिबेशन,२० गते पालिका अधिबेशन,२३ गते प्रदेशसभा निर्वाचन क्षेत्र एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिबेशन,कात्तिक १५ गते जिल्ला अधिबेशन र मंसिर ४ गते क्षेत्रीय अधिबेशनहरु गर्नेगरी कार्यतालिका बनाएको छ ।

Similar Posts