भण्डारी परिवारद्धारा बिद्यार्थीलाई झोला बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १४ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवास्थित जनता माविका बिद्यार्थीलाई बिद्यालयका अक्षयकोषदाता भण्डारी परिवारद्धारा बिद्यालय झोला बितरण गरिएको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय पतङ्वा लिम्बूका अनुसार बिद्यालयका पूर्व बिद्यार्थी,अक्षयकोष दाता सदस्य तथा सामाजिक लेखा परीक्षण सदस्य गायत्री भण्डारी र उहाँकी माता पवित्रा भण्डारीले बिद्यालयका बिद्यार्थीलाई बिद्यालय झोला बितरण गर्नु भएको हो ।

पतङ्वाका अनुसार हालसम्म भण्डारी परिवारले १ सय ३ जना बिद्यार्थीलाई एक–एक थान बिद्यालय झोला बितरण गरिसक्नु भएको छ । भण्डारी परिवारद्धारा अक्षयकोष स्थापना तथा बिद्यार्थीको शैक्षिक उन्नयनका लागि झोला बितरण गरिएको कार्यप्रति बिद्यालयले आभार तथा सम्मान प्रकट गरेको छ ।

Similar Posts