थेचम्बुमा छारे रोग सम्वन्धी स्वास्थ्य शिविर हुँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा यही असोज १० गते छारे रोग सम्वन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

पालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार नेपाल छारे रोग संघ काठमाडौं र पाथीभरा याङवरक गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन हुन लागेको हो ।

शिविर पालिकाको केन्द्र वडा नं २ स्थित थेचम्बु स्वास्थ्य चौकीमा सञ्चालन हुने छ । शिविरका लागि फोनबाटै नाम टिपाउन सकिने व्यवस्था रहेको पालिका अध्यक्ष सुब्बाले जानकारी दिनु भएको छ ।

Similar Posts