सर्पले डसेर ताप्लेजुङको हाङदेवाकी एक किशोरीको मृत्यु

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २ । नाग पञ्चमीकै दिन सर्पले डसेर घाइते ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाकी एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनता मावि हाङदेवामा कक्षा १२ मा अध्ययरत युना मादेन रहनु भएको छ । उहाँ पोष्ट मादेन र सीता इजम मादेनकी छोरी हुनुहुन्छ । उहाँलाई घरमै सोमवार सर्पले डसेको र मंगलवार बिहान मृत्यु भएको जानकारी आफुले पाएको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाका लक्षुमन गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार युनाको घरमा बिरालोले सर्प बोकेर लिएर आएको थियो । सोहि सर्पले डसेर युनाको मृत्यु भएको अनुमान गरिएको समेत वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Similar Posts