नागेश्वर धाम संरक्षण समितिमा सर्वसम्मत नयाँ नेतृत्व

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २६ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ४ स्थित नागेश्वरधाम तथा मुहान क्षेत्र संरक्षण एवं विकास समितिको २२ औं साधारणसभा तथा अधिबेशनले पुनःरामचन्द्र नेपाल अध्यक्ष रहेको कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

नेपालको अध्यक्ष रहेको १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिको उपाध्यक्षमा रीता श्रेष्ठ,सचिवमा टामन पौडेल, सहसचिवमा युवराज बराल र कोषाध्यक्षमा मातृकाप्रसाद नेपाल चयन हुनुभएको छ । समितिका सदस्यहरुमा बुधमाया हाङगाम,गणेश भट्टराई,सञ्जिव श्रेष्ठ,सरस्वता गुरुङ,अनन्तमणि भट्टराई,सुष्मा शाक्य,युवराज गिरी र हरिप्रसाद ओझा चयन हुनुभएको छ ।

समितिको  सल्लाकार संयोजकमा रोमनाथ भण्डारी,लेखा तथा जिन्सी शाखाको संयोजकमा भीमकुमार बस्नेत र अनुगमन उपसमिति संयोजकमा पदमप्रसाद निरौला चयन हुनुभएको छ । साधारणसभा तथा अधिबेशनको अवसरमा आर्थिक तथा बार्षिक प्रगति प्रतिबेदन पेश गरी पारित समेत गरिएको थियो । साधारणसभा तथा अधिबेशन अघि नागेश्वर धाममा रुद्राभिषेक कार्यक्रम समेत गरिएको थियो ।

Similar Posts