मेची राजमार्गको ताप्लेजुङ–काबेली सडक खण्डमा दुई बस एकआपसमा जुधेर दुर्घटना,तीनजना घाइते

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २८ । मेची राजमार्गको ताप्लेजुङ–काबेली सडक खण्ड अन्तरगत खहरेमा विपरित दिशाबाट आइरहेका दुईवटा बस एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले घाइतेको अवस्था मध्यम रहेको जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँईका अनुसार ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको प्र.३–०१–००६ख ०५९६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा.प्र.०१–००६ख ५६५८ नम्बरको बस पाथीभरा याङवरक गाउँपालिका वडा नं १ स्थित खहरे भन्ने स्थानमा एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा परी भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं ३ बंशगोपाल बस्ने अन्दाजी ४८ बर्षिय लक्ष्मी सोनेप,भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ६ फलाटे बस्ने अन्दाजी ३८ बर्षिय सुनिता सोहङमिखा र काठमाडौं तार्केश्वर नगरपालिका वडा नं ४ बस्ने अन्दाजी बर्ष ४७ की सुनिता कटुवाल घाइते हुनु भएको छ ।

दुर्घटनामा परी घाइते तीनैजनाको टाउकोमा चोट रहेको र अवस्था बोल्न सक्ने मध्यम रहेको समेत प्रहरीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि पाँचथरस्थित जिल्ला अस्पतालतर्फ पठाईएको समेत जिल्ला प्रहरी प्रमुख बजगाँईले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान र उद्धारका लागि प्रहरी सहायक निरीक्षक कृष्णकुमार माझीको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको समेत प्रहरीले जानकारी दिएको छ ।

Similar Posts