ताप्लेजुङका प्रहरी प्रमुख जोशी अन्तराष्ट्रिय मिसनमा जाँदै,जिल्ला प्रहरी प्रमुखमा बजगाईँ आउने

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २६ । अन्तराष्ट्रिय सुरक्षा मिसनको मनोनयनमा परेपछि ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)उमेश जोशी ताप्लेजुङबाट अढाई महिनाको अवधिमै बिदा हुनु भएको छ। उहाँ अबको केहिदिन भित्रै अन्तराष्ट्रिय सुरक्षा मिसनका क्रममा १ बर्षे अवधिका लागि सुडानको डार्फरतर्फ जानुहुने छ ।

समन्वय र सहकार्यमा काविल,अपराध अनुसन्धानमा निपूर्ण,आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ,सेवाग्राहीमैत्री र सरल स्वभावका मानिने डिएसपी जोशी नेपाल प्रहरीभित्र असल छबि बनाउनु भएका प्रहरी अधिकृतको रुपमा परिचित हुनुहुन्छ । यसअघिका प्रहरी प्रमुख बेदप्रसाद गौतमले करिव साढे १३ महिना जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर सरुवा भएपछि जोशीले यहाँको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी ग्रहण गर्नु भएको थियो ।

जोशी मिसनमा परेपछि रिक्त रहेको ताप्लेजुङ जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी अब डिएसपी कमल बजगाँइले सम्हाल्ने हुने भएको छ । प्रहरी प्रधान कार्यालयले ताप्लेजुङको प्रहरी प्रमुखको रुपमा बजगाईँलाई पठाउने तयारी गरेको छ । बजगाईँ उदयपुरको कटारी इलाका प्रहरी कार्यालयको प्रहरी प्रमुख हुँदा उत्कृष्ट प्रहरी अधिकारीको रुपमा पुरस्कृत भईसक्नु भएको छ ।

Similar Posts