सामुदायिक वनका पालिका महासंघले वृक्षरोपण,सफाई र अन्तरक्रिया गर्दै मनाए सामुदायिक वन दिवस

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २५ । सामुदायिक वन दिवसको अवसरमा अवसरमा ताप्लेजुङका विभिन्न स्थानमा वृक्षरोपण तथा सफाई कार्यक्रम गरिएको छ ।

मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बा वृक्षरोपण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ मैवाखोला गाउँपालिका समिति अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनु भएको छ । पाथीभरा याङवरक गाउँपालिकामा भने सामुदायिक वन दिवसको अवसरमा वनको दिगो संरक्षण तथा व्यवस्थापनका बिषयमा केन्द्रित रहेर अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको सामुदायिक वन महासंघ पालिका महासंघका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।

उता आठराई त्रिबेणी गाउँपालिकस्थित बालुबाँस सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ आठराई त्रिबेणी गाउँपालिका महासंघका अध्यक्ष भक्तिप्रसाद दाहालले बताउनुभयो । सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँमा रहेको वनलाई व्यवस्थापनका लागि स्थानीय समुदायलाई हस्तान्तरण गरिएको २०३० सालको साउन २५ गतेलाई स्मरण गर्दै हरेक वर्ष यो दिन सामुदायिक वन दिवसको रूपमा मनाउने गरिन्छ ।

Similar Posts