ताप्लेजुङ–काठमाडौंका लागि लक्जरी बस सेवा सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ४ । ताप्लेजुङबाट काठमाडौं यात्राका लागि बिहीबार देखि दुईवटा लक्जरी बस सञ्चालनमा आएका छन् ।

सीसी क्यामेराको पूर्ण निगारानी सहितको बसमा एसी,फ्रि वाइफाई सहितको सुविधा रहेको छ । लक्जरी फोल्डिङ सिट रहेका बसहरुले ताप्लेजुङ–काठमाडौं सिधा यातायात सेवा प्रदान गर्ने जय पाथीभरा माता एसी बस सेवा सञ्चालन समिति अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिनुभयो ।कर्म सेवा प्रालि यसको प्रर्वद्धक कम्पनी रहेको छ ।

जम्मा ६ वटा बस रहेकोमा ताप्लेजुङ–काठमाडौंका लागि दुईवटा बसले सेवा दिनेछन् । अध्यक्ष श्रेष्ठ र ताप्लेजुङमा लामो समय देखि यातायात तथा होटल व्यवसाय क्षेत्रमा सक्रिय सामाजिक व्यत्तित्व जंग सुनुवारले बस सेवा प्रारम्भ भएको घोषणा गर्नु भएको छ ।

Similar Posts